मेयर साउँदद्रारा एमाले गोदावरी-८ पार्टी कार्यालयको उद्घाटन

कैलाली! नेकपा एमाले गोदावरी नगरपालिका स्थित वडा न. ८ को पार्टि कार्यालयको समुद्घाटन भएको छ।

एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य एवं गोदावरी नगरप्रमुख हरिसिं साउँदले रिवन काटेर र व्यानर खोलेर उक्त पार्टी कार्यालयको समुद्घाटन गर्नुभएको हो। उहाँ उक्त कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको थियो।

उक्त कार्यक्रमको विशिष्ट अतिथिमा एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट तथा जिल्ला कमिटी सचिवालय सदस्यद्वय शर्मानन्द भट्ट तथा हितेश ओझा,नगर सदस्य गणेसी चौधरी,विक्रम विष्ट ,एमाले गोदावरी नगरपालिका- ६ का अध्यक्ष सन्तोष सिंह लगायतको सहभागिता रहेको थियो।                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *