एमालेको विशाल जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङ इलाम जाँदै

काठमाण्डौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज आइतबार इलाम जाँदै हुनुहुन्छ । इलामको सूर्योदय नगरपालिकामा एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम जान लाग्नुभएको हो । अध्यक्ष ओलीसँगै गृहजिल्लामा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङपनि जाँदै हुनुहुन्छ।

एमालेले आज उक्त स्थानमा विशेष सभा आयोजना गर्दैछ।उक्त क्षेत्र पुर्वप्रधानमन्त्री एवं तत्कालिन एमालेका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो। खनाल माधव नेपालको पार्टिमा लागिसकेपछि इलाममा एमाले कमजोर नरहेको सन्देश दिनपनि सो सभाको आयोजना गर्न लागिएको हो। अध्यक्ष ओली सहभागी हुनुहुने उक्त सभामा दशौ हजार जनता आउने आकलन गरिएको छ । केही समय अघि माधव नेपालको पार्टीमा लागेका नेता कार्यकर्तापनि आजबाट एमालेमै फर्किने संभावना रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *