माधव नेपालको पार्टी आउँदो चुनावपछि अस्तित्वमा रहन्न : महासचिव पोखरेल

काठमाडौं ! नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्न नदिने बताउनु भएको छ।

अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था सिर्जना गर्ने बताउनु भयो ।

‘अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका छैनौं भन्दा त्यसलाई हराइदिने हो । भविष्यमा त्यो पार्टी अस्तित्वमा नरहोस् भन्नका लागि हामीले चुनाव नजित्ने खालको स्थिति बनाउनैपर्छ’ महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।

चुनावमा हारेपछि सो पार्टी एमालेमै समाहित हुने उहाँको दावी छ । ‘जसरी विगतमा नेकपा माले भन्ने पार्टी गठन भएको थियो । सबैतिर चुनाव हराइदिएपछि के भयो ? झोली झुम्टा बोकेर सबै कमरेडहरु अब हामी घरै फर्कियौं भनेर आउनुभयो । पार्टी सकियो’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *