एमाले गोदावरी नपा – ०६ : कोलिकटनमा ३१ सदस्यीय टोल कमिटी गठनका साथै माओवादीबाट ३ जना एमालेमा प्रवेश

कैलाली! नेकपा एमाले गोदावरी नगरपालिका – ०६ वडा कमिटीको मातहत कोलिकटनमा ३१ सदस्यीय टोल कमिटी गठन भएको छ। उक्त अवसरमा मान बहादुर कोलिको नेतृत्वमा ३१ सदस्यीय टोल कमिटी आज गठन गरिएको हो।

उक्त कार्यक्रमको अध्यक्षता कमिटीका एमाले गोदावरी नगरपालिका वडा न. का ०६ अध्यक्ष सन्तोष सिंहले गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा गोदावरी नगरप्रमुख हरिसिं साँउद,विशिस्ट अथितिमा एमाले नगर अध्यक्ष गोकर्ण भट्ट थिए भने अतिथिमा क्रमश: पार्टी पुर्व जिल्ला कमिटी सदस्य हरी फुलरा तथा नगर सदस्यहरु लगायत उपस्थिति थियो।

उक्त कार्यक्रममा शालिभान लुहार लगायत ३ जना माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए,उनिहरुलाई नगर अध्यक्ष गोकर्ण भट्टले टीका लगाएर पार्टिमा स्वागत गरेका थिए।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *