सभामुख अग्नि सापकोटाले कलंकको टीका लगाए- विशाल भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले कलंकको टीका लगाएको टिप्पणी गर्नुभएको छ। एमालेले कारबाही गरेर पदमुक्त गर्न सिफारिस गरेका १४ सांसदको पद जोगाएर सभामुख सापकोटाले कलंकको टीका लगाएको उहाको भनाइ छ ।
भट्टराईले एमालेलाई जसरी पनि फुटाउनुपर्छ भन्ने सभामुखको इच्छा पूरा भएको समेत बताउनु भयो ।

सभ्य खबरसँग उहाले भन्नुभयो, ‘पहिले नै सभामुखले जे भूमिका खेल्नुहुन्छ भन्ने डर लागेको थियो त्यही भयो । यो भन्दा निर्लज्जता केही हुँदैन । सभामुख अग्नि सापकोटाले सभामुखको रुपमा कलंकको टीका लगाउनुभयो ।,’
१४ सांसदमाथिको कारबाहीबारे निर्णय गर्न विलम्ब भएपछि आफूहरुलाई आशा नगरेको पनि उहाले बताउनु भयो। ‘९ गते पहिले नै सूचना आएर कारबाही हुनुपर्थ्यो भएन,’ उहाले भन्नुभयो ।
एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गर्दै माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *