एमाले गोदावरी नगरपालिका वडा न.०६ मातहतमा ‘राम-जानकी’ टोल कमिटी गठन

कैलाली! नेकपा एमाले गोदावरी नगरपालिका – ०६ वडा कमिटीको मातहत राम-जानकी टोल कमिटी गठन भएको छ। ईश्वरी भट्टको नेतृत्वमा २६ सदस्यीय टोल कमिटी आज गठन गरिएको हो।

उक्त कार्यक्रमको अध्यक्षता एमाले गोदावरी नगरपालिका वडा न. ०६ का अध्यक्ष सन्तोष सिंहले गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथिमा एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट थिए। साथै विशिष्ट अतिथिमा क्रमश: एमाले कैलाली पुर्व जिल्ला कमिटी सदस्य रामप्रसाद चौधरी, हरी फुलरा तथा छबिन्द्रनाथ योगी,नगर सदस्यहरु,वडा कमिटी ४ का अध्यक्ष रविंद्र रोकामगर लगायतको उपस्थिति थियो।                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *