एमालेको सचिवालय बैठक बालकोटमा बस्दै

काठमाडौं ! प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।

मंगलबार अपराह्न ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने भएको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललका अनुसार बैठकमा समसामयिक परिस्थिति र स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।

सचिवालय बैठकले स्थायी कमिटी,पोलिटव्युरो र केन्द्रिय कमिटी बैठकबारे टुंगो लगाउने र स्थानिय निकायको तयारीका लागि ठोस एजेन्डा तय गर्नेछ। स्थानीय निकाय निर्वाचन नजिकिदै गर्दा एमालेले आफ्नो तयारी आक्रामक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *