एमाले गोदावरी वडा न.- १२ : हरिलाल खत्रीको अध्यक्षतामा २६ सदस्यीय टोल कमिटी गठन

कैलाली ! गोदावरी नगरपालिका वडा न. १२ मा नेकपा एमालेको टोल कमिटी गठन भएको छ। एमाले वडा न.१२ मातहत कोमिझाल चौकीमा टोल कमिटी गठन भएको हो।

उक्त भेलाबाट हरिलाल खत्रीको अध्यक्षतामा २६ सदस्यीय टोल कमिटी गठन भएको छ । उक्त कमिटी गठन कार्यक्रममा वडा न.१२ कमिटीका अध्यक्ष नन्द बहादुर बि.क. को अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य भान सिंह विश्वकर्मा,अतिथिहरुमा गोदावरी नगर कमिटी सदस्य जय ब. कामी,जानकी नेपाली लगायतको उपस्तिथि थियो।                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *