एमाले गोदावरी नगरपालिका – ०४ मातहत ‘हाटखोली’ र ‘बन्दगडा’ टोल कमिटी गठन

कैलाली! नेकपा एमाले गोदावरी नगरपालिका वडा न. ४ वडा कमिटीको मातहतमा आज २ वटा टोल कमिटी गठन गरिएको छ। उक्त टोलभेला मार्फत हाटखोली र बन्दगडा नामक टोल कमिटीहरु गठन भएका छन् ।

हाटखोली टोल कमिटी गोरख बहादुर साँउद नेतृत्वमा २१ सदस्यीय रहेको छ भने बन्दगडा टोल कमिटी खडक कामीको नेतृत्वमा २१ सदस्यीय रहेको छ।

उक्त भेलाहरु एमाले वडा न.४ वडा कमिटी अध्यक्ष रविन्द्र रोकामगरको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलाको प्रमुख अतिथिमा एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व सामाजिक बिकास मंत्री कृष्णराज सुबेदी,विशिस्ट अतिथिमा गोदावरी नगर प्रमुख तथा प्रदेश कमिटी सदस्य हरिसिं साँउद,अतिथिमा एमाले कैलाली जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदी,जिल्ला कमिटी सदस्य खेमा साँउद,गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट,नगर कमिटी सचिव जीवन शाह, नगर कमिटी उप-सचिव महावीर बि.क.,निवर्तमान जिल्ला कमिटी सदस्य पुस्पराज भट्ट, वडा न. ६ अध्यक्ष सन्तोष सिंह,राष्ट्रीय युवा संघ नेपाल जिल्ला अध्यक्ष तथा वडा १ कमिटी अध्यक्ष गणेश महरा लगायत नगर पदाधिकारी,नगर कमिटी सदस्य नगर सदस्य,वडा पदाधिकारी,वडा सदस्य लगायत कार्यकर्ता हरुको उल्लेख्य उपस्थिति रहेको थियो।                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *