संसद पुनर्स्थापनापछि राज्यका तीनै अंगमाथि जनताको विश्वास टुटेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेका कारण राज्यका तीनवटै अंगले काम गर्न नसकेको बताउनु भएको छ ।

शनिबार आयोजित एक कार्यक्रममा उनले संसद पुनर्स्थापना भएपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका कुनै अंगले पनि काम गर्न नसकेको बताउनु भएको हो ।

‘विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरेपछिको अवस्था हेर्नुहोस त ? अदालत अदालत जस्तो छैन । सरकार सरकार जस्तो छैन । संसद संसद जस्तो छैन’ उहाँले भन्नुभयो, ‘राज्यका तीन अंगमाथि जनताको विश्वास टुटेको छ । यो लोकतन्त्रमाथिकै संकट हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *