एमाले गोदावरी नगरपालिका-०६ : गिता अवस्थीको अध्यक्षतामा २१ सदस्यीय भुयरा टोल कमिटी गठन

कैलाली! नेकपा (एमाले) गोदावरी नगरपालिका- ०६ वडा कमिटीले हिजो शुक्रवार टोल कमिटी गठन गरेको छ । संगठन विस्तारमा तीव्रता दिदै आएको एमाले गोदावरी नगरपालिका-०६ वडा कमिटीले आफ्नो मातहतमा हिजोपनि टोल कमिटी गठन गरेको छ।

उक्त गठित भुयरा नामको टोल कमिटीको अध्यक्षमा गिता अवस्थी चयन भएकी छिन् भने सचिवमा कल्पना चौधरी चयन भएकी छिन्।उक्त टोल कमिटी २१ सदस्यीय रहेको छ।

उक्त भेलाको अध्यक्षता एमाले गोदावरी नगरपालिका वडा न.-०६ कमिटीका अध्यक्ष सन्तोष सिंहले गरेका थिए भने
प्रमुख अतिथिमा एमाले पुर्व ज़िल्ला कमिटी सदस्य रामप्रसाद चौधरी रहेका थिए साथै
अतिथिहरुमा नगर सचिव जीवन शाह लगायत सदस्यहरु,वडा कमिटी पदाधीकारी, सदस्यहरुको उपस्थिति थियो।                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *