एमाले गोदावरी नगरपालिका – ०६ ले गठन गर्यो २१ सदस्यीय टोल र ११ सदस्यीय युवा कमिटी गठन

कैलाली! नेकपा (एमाले) गोदावरी नगरपालिका वडा न.- ०६ ले आज उक्त वडा मातहत संगठन विस्तार गरि टोल कमिटीहरु गठन गरेको छ।

वडा न.- ६ वडा कमिटी मातहतको बडेहा पुर्व टोल कमिटी गठन भएको छ, जहाँ सावित्री चौधरीको नेतृत्वमा २१ सदस्यीय टोल कमिटि गठन भएको हो । साथै आजै टेक चौधरीको नेतृत्वमा ११ सदस्यीय टोल युवा कमिटी पनि गठन भएको छ।

उक्त भेलाको अध्यक्षता वडा न. ०६ कमिटीका अध्यक्ष सन्तोष सिंहले गरेका थिए भने
प्रमुख अतिथिमा एमाले पुर्व ज़िल्ला कमिटी सदस्य राम प्रसाद चौधरी,
अतिथिमा गोदावरी नगर सचिव जीवन शाह लगायत सदस्यहरु,वडा कमिटी पदाधिकारी लगायत सदस्यहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *