एमाले गोदावरी : वडा न. ४ मातहत आशाराम चौधरीको नेतृत्वमा २३ सदस्यीय खैराना टोल कमिटी गठन

कैलाली! नेकपा (एमाले) गोदावरी नगरपालिका वडा न.-४ मा वडा कमिटिको मातहत खैराना टोल कमिटी गठन भएको छ। उक्त टोल कमिटी अन्तरगत आज आशाराम चौधरीको नेतृत्व मा २३ सदस्यीय टोल कमिटी गठन भएको छ ।

उक्त भेलाको अध्यक्षता एमाले गोदावरी नगरपालिका-४ कमिटीका अध्यक्ष रविन्द्र रोका मगरले गरेका थिए । साथै उक्त अवसरमा प्रमुख अतिथि पार्टी प्रदेश कमिटी सदस्य तथा नगर प्रमुख हरी सिं साँउद,विशिष्ट अतिथि पार्टी जिल्ला कमिटी सदस्य गणेश साँउद,
अर्का विशिष्ट अतिथि एमाले गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट रहनुभएको थियो।

साथै अतिथिहरुमा पार्टिका निवर्तमान जिल्ला कमिटी सदस्यहरु,नगर सचिवालय सदस्यहरु,नगर सदस्यहरु,वडा कमिटी पदाधिकारी लगायत सदस्यहरु थिए।                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *