एमाले गोदावरी : वडा न. ६ मा कालुराम चौधरिको नेतृत्वमा २१ सदस्यीय टोल कमिटी गठन

कैलाली! नेकपा (एमाले) गोदावरी नगरपालिका- ६ वडा कमिटिको मातहतमा हिजो बुधवार साँझ टोल कमिटी गठन गरिएको छ। स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै एमाले गोदावरी नगरपालिकाले संगठन विस्तारमा तीव्रता दिएको हो।

पश्चिम बडेहा नामक उक्त गठित टोल कमिटीमा कालुराम चौधरिको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको थियो । उक्त भेला एमाले-६ का वडा कमिटी अध्यक्ष सन्तोष सिंह को अध्यक्षतामा र कमिटी सचिव इश्वरा शाहको सन्चानलनमा भयको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि एमाले गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट रहनुभएको थियो।                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *