केपी ओलीको संसदबाट उद्घोष : फेरि पनि मूलढोकाबाटै प्रवेश गरेर प्रधानमन्त्री बन्छु

काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमत प्राप्त गरेर आफू फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मंगलबार संसदमा सम्बोधन गर्दै उनले जस्केलाबाट नभई मूल ढोकाबाट फेरि छिर्ने बताएका हुन ।उनले आफू प्रधानमन्त्री हुन नभइ देशको सेवाका लागि जन्मिएको पनि बताए ।

म प्रधानमन्त्री हुन जन्मिएको होइन, देशको सेवा गर्न जन्मिएको होु, उनले भने, ६४ वर्षसम्म त म प्रधानमन्त्री थिइँन तर पनि भइयो । ओलीले आफूलाई पहिलो पटक प्रधानमन्त्री हुँदा गठबन्धन गरेर हटाइएको बताए । मलाई गठबन्धन गरेर पहिलो पटक हटाएका थिए। त्यसबेला भनेको थिएँ, म जस्केलाबाट होइन, झ्यालबाट होइन, मूल ढोकाबाट, मूल गेटबाट आउनेछु भनेको थिएँ, उनले भने, फेरि पनि सुनिराख्नु हुन्छ, सुनि राख्नुस्।

म मूलबाटो मूल गेटबाट फर्किएर आउनेछु । उनले आफूलाई ग्रहदशाले, परमादेशले होइन जनताले प्रधानमन्त्री बनाएको बताए। मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन। मलाई जनताले मत दिएर प्रधानमन्त्री बनाएको होु, उनले भने, विभिन्न पार्टीका नेताहरुका कुण्ठा, इर्ष्या र जलन आदिको सम्मिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । विभिन्न पार्टीका गठजोडबाट पनि म प्रधानमन्त्री भएको होइन ।

उनले विभिन्न असफलताहरुको फ्रिक्सनबाट पनि आफ्नो भागमा प्रधानमन्त्री नपरेको बताए। म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन। म परमादेशबाट होइन जनादेशबाट प्रधानमन्त्री भएको हो उनले थपे, दुनियाँमा एउटा नजिर नयाँ कायम भएको छ विश्वमा पहिलो रेकर्ड भएको छ। परमादेशबाट प्रधानमन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *