एमसीसीकाे ‘व्याख्यात्मक घाेषणा’ जनतामाथि भ्रम छर्ने काम मात्र : महासचिव पाेखरेल

कैलाली – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयाेग एमसीसीबारेकाे व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताउनुभएकाे छ ।

प्रेस चौतारी कैलालीले आज बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरेकाे बताउनुभएकाे हाे ।
‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो । जे छ त्यही कुरा स्पष्ट पारिएको हो, संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सिर्जना  सृजना गरिएको छ’, उहाँले भन्नुभयाे, ‘हाम्रो संविधान र कानुनले त्याे व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन ।’ कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरिएको भन्दै पाेखरेलले व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको बताउनुभयाे ।

महासचिव पोखरेल एमाले सुदुरपश्चिम प्रदेशले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज धनगढी पुग्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *