अध्यक्ष ओलीको प्रचण्डलाई कडा काउण्टर : ‘आगो भनेर धम्की नदिनु, दुई बाल्टी पानी हालेर निभाउन आउँछ’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् । केहीदिन पहिलाको संसद बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आफू आगो भएको र आगोसँग नखेल्न एमालेलाई चुनौती दिएका थिए । जवाफमा आजको संसद बैठकमा अध्यक्ष ओलीले आगो निभाउन एमालेले तरिका थाहा पाएको बताए ।

प्रचण्डलाई जवाफ दिदै अध्यक्ष ओलीले भने, ‘एकजनाले भन्नुभयो म आगो हो मसँग नखेल । यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ । कसरी पानी खन्याउने हामीलाई थाहा छ ।’सरकार गठन भएको एक महिनामै एमालेलाई धम्क्याउन खोजेको भन्दै अध्यक्ष ओलीले कसैसँग नडराउनेसमेत चेतावनी दिए । उनले भने, ‘प्रतिपक्षीलाई धम्क्याउने ?

म आगो हुँ । मसँग नखेल । धम्की ? प्रतिपक्षलाई गाली गरेर सत्तोसराप गरेर राष्ट्रिय सहमति ?’ सरकारको न्यूनतम साझा कार्यक्रमलाई सडकमा बाँडिएको कागज भन्दै अध्यक्ष ओलीले त्यसको कुनै अर्थ नरहेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *