एमाले एमसिसीको विपक्षमा : आजपनि संसद अवरोध जारी राख्ने

काठमाडौं ! प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद बैठकमा अवरोध जारी राख्ने जनाएको छ। सत्तागठबन्धनको बैठकले आज एमसिसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेपछि एमालेको यस्तो प्रतिक्रिया आएको हो।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले प्रतिक्रिया दिँदै सरकारले माग सम्बोधन गर्न कुनै पहल नगरेकाले यसअघिको विरोधलाई कायमै राख्ने बताउनु भयो। ‘पूर्ववत अवस्थामा नै हाम्रो विरोध जारी रहनेछ,’ उहाँले भन्नुभयो।

आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने निर्णय गरेको थियो। गठबन्धनमा ‘संसदमा आजै प्रक्रिया अगाडि बढाउने सहमति जुटेको थियो। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *