एमाले गोदावरी-६ कमिटीले थाल्यो स्थानीय निर्वाचनमा एमालेलाई जिताउने अभियान

अत्तरिया –नेकपा (एमाले) गोदावरी – ६ वडा कमिटीले स्थानिय निकायको आसन्न निर्वाचन केन्द्रित रहेर अभियान चलाउने भएको छ ।

आज बसेको वडा कमिटीको बैठकले निर्वाचन केन्द्रित अभियान थाल्ने निर्णय गरिएको वडा कमिटीका अध्यक्ष सन्तोष सिंहले सभ्यखबरलाई बताए । आफ्नो वडामा रहेका जनतालाई जागरुक बनाउने,एमालेका एजेन्डाहरु अवगत गराउने,आगामी निर्वाचनबाट एमालेको आवस्यकता र औचित्यहरु प्रस्ट्याउदै वडाका प्रत्येक टोलहरुमा टोल कमिटीहरु बनाउने समेत निर्णय भएको उनले बताए।

उक्त बैठकमा पुर्व जिल्ला कमिटी सदस्यद्वय राम प्रसाद चौधरी , हरि फुलारा, नव निर्वाचित नगर कमिटीका सदस्यहरु र वडा कमिटिका सदस्य लगायतका पार्टी नेताहरुको सहभागिता रहेको  थियो।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *