एमालेका माग सम्बोधन नभएसम्म संसदीय प्रकियामा जान सक्दैनौं : महासचिव पोखरेल

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख दलहरुबीचमा आधरभूत सहमति हुनुपर्ने बताउनु भएको छ । शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव पोखरेलले एमालेले लोकतान्त्रिक पद्धतिलाई लिकमा ल्याउन पहल गरिरहेको बताउनुभयो ।

सरकारमा सहभागी हुने प्रक्रियामा एमाले कहाँसम्म पुगेको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली पोखराबाट काठमाडौं फर्किएपछि प्रधानमन्त्री देउवासँग छलफल गरी अघि बढ्ने बताउनु भयो।

आफ्ना मागहरु सम्बोधन नभए आफूहरु संसदीय प्रकियामा सामेल नहुने उहाँले स्पष्ट पार्नुभयो। ‘सभामुखका कारण राजनीति डिरेलमा परेको छ। सभामुखले गल्ती सच्याए वा मार्गप्रशस्त गरे वा कांग्रेसले हाम्रो माग सम्बोधनगरे हामी संसदीय प्रकियामाजान सक्छौं।’ उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *