सभामुख र निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने एमालेको निर्णय

 

काठमाडौं : नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले विधान र कानूनअनुसार १४ सांसदलाई एमालेले कारवाही गरेपनि सभामुख सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले कारबाही गरेकालाई सनाखत गराएकाले कानूनी उपचारमा जाने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुुुभयो।

 

सभामुखले सांसद कारवाहीको पत्र रोकेर गम्भीर गल्ती गरेको ज्ञवालीले भन्नुभएको छ। ‘सभामुखको भूमिका पदीय आचरणसम्मत कुरा भएन।’उनले अगाडि भने‘पार्टीले कारवाही गरेका व्यक्तिलाई निर्वाचन आयोगबाट सनाखत गराउने गलत काम भएका छन्, यसको कानूनी प्रतिवाद गर्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *