नेकपा(एकीकृत समाजवादी) मा लागेका नेताहरूलाई निष्कासित गर्ने एमालेको निर्णय

 

काठमाडौं ! नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका नेताहरूलाई निष्कासित गर्ने निर्णय गरेको छ ।

बैठकले नयाँ पार्टीमा लागेकाहरूलाई पार्टी अभिलेखबाट हटाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

गल्ती महसूस गरेर पार्टीमा फर्किन चाहनेहरूका लागि ढोका खुला रहेको समेत प्रवक्ता ज्ञवालीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *