नेकपा (एमाले) ले आजपनि संसदीय प्रक्रियामा भाग नलिने, अवरोध जारी राख्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने बताउनु भएको छ।

‘हामी आज पनि संसद बैठकमा जान्छौं, तर संसदीय प्रक्रियामा सहभागी हुँदैनौं,’ भट्टराईले भन्नुभयो । संसदमा आफूहरुको माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग नलिने उहाँको भनाइ छ ।
आफूले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा उपस्थित भएको भन्दै एमालेले लामो समयदेखि बैठक अवरोध गर्दै आएको छ । आज पनि यसैलाई निरन्तरता दिने प्रमुख सचेतक भट्टराईले बताउनु भयो।
आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको हो ।
एमाले एमसीसीको वबषयमा मौन भए पनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही दिनयता भेटघाट बाक्लिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *