एमालेको केन्द्रिय कमिटी बैठक सम्पन्न : महाधिवेशन केन्द्रित भएर गर्‍यो यी महत्त्वपूर्ण निर्णयहरु

 

काठमाडौं ! नेकपा एमालेको आज बसेको केन्द्रिय कमिटिको बैठकले महाधिवेशन केन्द्रित विभिन्न निर्णयहरु गरेको छ।पार्टिको आन्तरिक विवाद समाधान पछि अर्थात माधव नेपाल लगायत केही नेताहरु एमालेबाट बाहिरिएपछी बिगतमा भएको १० बुदे प्रतिबद्धता/सम्झौता पत्रलाई  कार्यान्वयन गर्न बसेको आजको बैठक केही महत्त्वपूर्ण थियो। केही दिन अघि मात्र बसेको स्थायी कमिटिले पारित गरेका निर्णयहरुलाई आवस्यकता अनुरुप परिमार्जन गर्दै आजको बैठकले पारित गरेको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको यो बैठकले विभिन्न निर्णयहरु गरेको छ।ती निर्णयहरु बुदागत रुपमा तल दिईएको छ।

– संगठित सदस्यता असाेज मसान्त भित्र नविकरण गरिसक्नु पर्ने।
– भाद्र १६ देखि २० सम्म पार्टि मा देखापरेका समस्या समाधान र १० बुदे भावना अनुसार पार्टि चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने।
– भाद्र २५ र २६ गते स्थाई कमिटी बैठक र २७ र २८ गते केन्द्रीय कमिटीको बैठक।
– बिधान महाधिवेशन असाेज ४,५ र ६ गते गर्ने।
– देशैभरीका सम्पुर्ण वार्ड अधिबेशन कार्तिक ६ गते सम्पन्न गर्ने।
– देशैभरीका पालिमा हरुकाे अधिबेशन कार्तिक ९ गते सम्पन्न गर्ने।
– १० औं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते काठमाडौमा गर्ने ।
– राष्ट्रिय जन गायक आदरणिय ब्यक्तित्व जेबि टुहुरे प्रति बैठकले शाेक प्रस्ताब पारित गरेकाे छ।

-प्रदेश न. १ मा आज मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पार्टी सचिव भिम आचार्यलाई बैठकले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *