नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज बस्दै : यस्ता छन एजेन्डाहरु

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनका पक्षमा उभिएका केन्द्रीय सदस्यहरुलाई कारबाही गर्ने भएको छ । आज दिउँसो १२ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनमा लागेका सदस्यहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेकपा एमाले विभाजन भएर बुधबार नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । उक्त दलका लागि एमालेका ५५ केन्द्रीय सदस्यले सनाखत गरेका थिए ।

बैठकमा १० बुँदे सहमति कार्यान्वयनका लागि स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्ने लगायत कार्यसूची रहेको तामाङले जानकारी दिए ।

यस्ता छन् बैठकका तीन एजेण्डा 

१. १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने
२. पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे
३. पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारबाही प्रक्रिया अगाडि बढाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *