एमाले नेता पोखरेलको माधव-झलनाथलाई प्रश्न : वास्तविक धरातलमा नटेकिएको राजनीतिक कार्यदिशा र कार्यक्रम कस्तो?

 

काठमाडौं ! नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले जनताको वहुदलिय जनवाद सकियो ,त्यसैले अब नया समाजवाद तिर लाग्नुपर्छ भन्ने माधव झलनाथलाई कडा प्रतिक्रिया दिनुभएको छ।

नेता पोखरेलले उहाँहरुलाई जनताको वहुदलिय जनवादको खुड्किलो चढेर अहिले त्यही मार्गदर्शनलाई लत्याउने तपाईहरुको धरातल कस्तो होला भनेर आरोप लगाउनु भएको छ।हिजो मात्रै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जबजको औचित्य सकिएको घोषणा गर्नुभएको थियो।नया पार्टिको बैठकलाई भर्चुअल माधमबाट सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको थियो,साथै नवगठित यस पार्टिको कार्यदिशा पनि स्पस्ट नभै सकेको हुनाले नेता पोखरेलले उहाहरुलाई गम्भीर आरोप लगाउनु भएको हो । नेता पोखरेलले आफ्नो फेसबुक वालमा लेख्नुभएको स्टाटस जस्ताको तस्तै:-

जनताको वहुदलीय जनवादले समाजवादको आधार तयार गर्ने सामर्थ्य मात्रै राख्दैन,सिद्धान्तका रुपमा यसले समाजवाद निर्माणमा मार्गदर्शन गर्ने सामर्थ्य समेत राख्दछ । जवजको सान्दर्भिकता सकियो भनेर पार्टीवाट वाहिरिनेहरुले आफैले स्वामित्व लिएको नवौ महाधिवेशनको दस्तावेजलाई पढ्न विर्सेजस्तो छ । वास्तविक धरातलमा नटेकिएको राजनीतिक कार्यदिशा र कार्यक्रम अघि सार्नु भनेको हिमाली क्षेत्रमा धान र तराईमा फाफरको खेतीगर्न खोज्नुजस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *