एमाले धनगढी उपमहानगरपालिका-१४ द्रारा ओझा टोल कमिटी गठन

कैलाली ! नेकपा(एमाले) धनगढी उपमहानगरपालिका कमिटीले संगठन विस्तारलाई तीव्रता दिएको छ। नगर कमिटीले आफ्ना वडा कमिटी मातहतमा पनि विभिन्न टोल कमिटीहरु गठन गरि एमालेको संगठनलाई अझ मजबुत बनाउदै लगिरहेको छ।

धनगढी उपमहानगरपालिका वडा न.१४ मा आज उक्त वाड कमिटी मातहत ओझा टोल कमिटी गठन गरिएको छ। गणेश ओझाको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरिएको एमाले जिल्ला कमिटी सदस्य रामचन्द्र चौधरीले सभ्यखबरलाई जानकारी दिनुभयो। निवर्तमान एमाले जिल्ला कमिटी उपसचिव एवं प्रदेश सभा सदस्य नेपालु चौधरीको प्रमुख आतिथ्यमा गठित उक्त टोल कमिटीलाई नेता चौधरीले नै पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो।

उक्त अवसरमा अतिथिहरुमा जिल्ला कमिटी सदस्यहरु भुवन रिजाल र रामचन्द्र चौधरी, एमाले धनगढी नगर अध्यक्ष रामचन्द्र जोशी लगायतको उपस्थिति थियो।

उक्त अवसरमा नेपाली काङ्ग्रेस परित्याग गरि २५ जनाले एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई प्रदेश सभा सदस्य एवं एमाले नेता नेपालु चौधरीले पार्टिमा भित्र्याउनु भएको थियो।                   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *