एमसीसी टेबल भएमा प्रक्रियामा एमाले सामेल हुँदैन : महासचिव पोखरेल

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संसदमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश भएमा एमाले सो प्रक्रियामा सामेल नहुने बताउनुभएको छ ।

सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार भएको एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्नुहुँदै महासचिव पोखरेलले सो कुरा बताउनुभयो । प्रक्रियामै सामेल नुहने भएपछि एमालेले एमसीसीबारे के गर्छ भन्ने प्रश्नको अर्थ नहुने उहाँको भनाई छ ।

एमालेले कारवाहीको सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही गरेको सूचना प्रकाशन नगरेसम्म संसद बैठकमा सामेल नहुने निर्णयमा एमाले दृढ रहेको उहाँले प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *