एमाले अध्यक्ष ओलीद्रारा आज पत्रकार सम्मेलन गर्दै

 

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हिजोका पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा विषयहरूमा प्रकाश पार्न आज पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूकाे उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयाेजना गरि विशेष सम्बोधन गर्दै हुनुहुन्छ। सो कुराको जानकारी हिजै स्थायी कमिटिको बैठक सकिए लगत्तै घोषणा गरिएको थियो र आज सो पार्टिका केन्द्रिय सदस्य सुर्य थापाले आफ्नो फेसबुक वालमा संचारकर्मीहरुका लागि समाचार सम्प्रेषणको उपस्थितिका लागि अनुरोध गर्नु भएको छ।

आजको सो पत्रकार सम्मेलन ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बिहान ११ बजे हुने जनाईएको छ।पार्टिबाट माधव नेपाल बाहिरिएपनी दोस्रो र तेस्रो धार पार्टिमै रहेर काम गर्न चाहेकोले हिजो सहमतिय आधारमै बैठक बसि सबैलाई आ-आफ्नो जिम्मेवारीमा फर्काइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *