एमाले अध्यक्ष ओलीद्रारा आज प्रतिनिधि सभामा सम्बोधन गर्दै

काठमाडौं– प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने भएको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

दोस्रोपटक प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सरकार छाड्नुभएका ओलीले पहिलोपटक विपक्षी दलको नेताको हैसियतले सम्बोधन गर्न लाग्नुभएको हो ।

ओलीले भूमि आयोग विघटनलगायतका विषयमा पार्टी धारणा राख्नु हुनेछ ।

२०७४ सालमा संसदमा सबैभन्दा ठूलो दलको नेताकोरुपमा ओलीले झण्डै साढे ३ वर्ष सरकारको नेतृत्व गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *