एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले भन्नुभयो – ‘उत्तेजित नभइकन निर्णय लिन्छौं’

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलमा सम्बोधन गर्दै आफूहरूले आवेश र उत्तेजनामा आएर निर्णय नगर्ने बताउनु भएको छ।

संसदीय दलको बैठकबाट केही बेर बाहिर निस्किएका सांसद घनश्याम भुसालका अनुसार सर्वोच्चका न्यायाधीशहरूलाई एमालेले महाअभियोग लगाउने विषयमा अध्यक्ष ओलीले त्यसो भनेको उल्लेख गर्नुभयो।
‘हामी आवेश र उत्तेजनामा आएर निर्णय गर्दैनौं। नेतृत्वले सुझबुझपूर्ण निर्णय लिन्छ,’ ओलीको भनाई उद्धृत गर्दै भुसालले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *