सभामुखले राखेको बैठकमा एमाले सहभागी नहुने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि आव्हान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएका छ। समसामयिक विषयमा छलफल गर्न भन्दै सभामुख सापकोटाले आज दिउँसो २ बजे सिंहदरवारस्थित संंसद सचिवालयमा बैठक राखेका छन् ।

संसदमा संसदीय मर्यादाविपरित सभामुखले नै विभेदपूर्ण कदम चालिरहेको भन्दै एमालेले विरोध जनाउँदै आएका छन् । सभामुखलाई हटाउनुपर्ने अडान राख्दै आएको एमाले आजको सर्वदलीय बैठकमा सहभागी नहुने एक नेताले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *