काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज ११ बजे बस्ने भएको छ । एमालेको सचिवालय बैठक आईतबार साँझ बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव दर्ताको कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
एमालेले जबराबिरुद्धको महाभियोग प्रस्ताव दर्ताको बारेमै निर्णय गर्न बैठक बस्न लागेको एक नेताले सभ्यखबर लाई बताउनु भयो।
सत्ता गठबन्धनका ९८ सांसदहरुले हस्ताक्षर गरेर प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।