एमाले सचिवालय बैठक : प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेको आइतबार साझ अकस्मात बसेको सचिवालय बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

षड्यन्त्रपूर्ण र अदालतमाथि प्रहार गरिएको भन्दै एमालेले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले बैठकपछि सञ्चारकर्मीसँग बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो कदम सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको हामीले अनुमान गरेका छौं ।’
सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई विथोल्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव दर्ता गरिएको पनि पोखरेलले बताउनु भयो ।
संघीय लोतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिएको भन्दै एमालेले यस्को कडा रुपमा प्रतिवाद गर्ने र भोलिको संसदीय दलको बैठकबाट आफ्नो धारणा सहित अघि बढ्ने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *