एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

सोमबारको बैठकपछि एमालेले यस विरुद्ध कसरी जाने भन्ने निधो गर्ने जनाइएको छ।प्रधानन्यायाधीश विरुद्ध लगाइएको महाअभियोगको एमाले अध्यक्ष ओलीले विरोध गरिसक्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *