पूर्वराजदूत अजय शर्मा एमालेमा प्रवेश, अध्यक्ष ओलीले गर्नुभयो स्वागत

काठमाडौं।  पूर्वराजदूत अजय शर्मा (देवेन्द्र ढकाल) नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी गीता सिंह एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी कार्यालय थापाथलीमा शुक्रबार भएको कार्यक्रममा शर्मा दम्पत्तिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य सूर्य थापालगायतका नेताहरु हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *