गठबन्धन कायमै भए पनि एमालेले निर्वाचनमा बहुमत ल्याउँछ : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन कायम रहेपनि तीनवटै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताउनु भएको छ। चुनाव केन्द्रित अभियानको उद्घाटनका क्रममा आज अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

‘२०७४ कै निर्वाचनमा एमालेको वर्चश्व पचिरहेको छैन। त्यतिबेला नै जितेको पचेको छैन। आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं। अनि कसरी पचाउलान्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ। संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत ल्याउँछौं। गठबन्धन तोडेर होइन गठबन्धन कायम रहे पनि हामी बहुमत ल्याउँछौं।’

उहाँले अबका निर्वाचन बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना र कल्पना नगर्न चेतावनी पनि दिनुभयो। ‘वर्तमान गठबन्धन आफ्नो स्वार्थमा केन्द्रित भएको छ। स्थानीय तहमा एमालेको वर्चश्व कायम रहेका कारणले गर्दा पनि सरकारलाई स्थानीय तहप्रति मैत्रीपूर्ण भाव छैन। उनीहरु तयार भइरहेका छैनन्। बुझ्न सकेका छैनन्,’ उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *