एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत

काठमाडौं ! नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३ गते) झण्डै एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो ।

एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *