माधव नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता हुन्न : अध्यक्ष ओली

काठमाडौं । माधवकुमार नेपालको साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गर्नुभएको छ ।

स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गर्नुभएको थियो  तर, अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न सकिने भए पनि १४ सांसदमाथि गरिएको कारबाही फिर्ता नहुने जवाफ फर्काउनु भएको छ ।

यो खबर आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *