काठमाडौँ– नेकपा एमालेले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको छ।
शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले आफ्नो भागमा परेका १६ जना समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको हो।
फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नौ सिट जितेको थियो भने सामानुपातिकतर्फ १४ लाख ५५ हजार मत प्राप्त गरेको थियो। सोही मतका आधारमा एमालेको भागमा १६ जना समानुपातिक सांसद परेका थिए।
एमाले सचिव महेश बस्नेतले नाम टुंगो लागेको जानकारी गराएका छन्।
यी हुन् समानुपातिक सांसदहरू
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• नीता घटानी
मधेसी (३ जना) महिला
महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी
