काठमाडौँ – नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ।
भोलि बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार, यो सचिवालय बैठक साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा बस्न लागेको हो।
एमालेको गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो।
सोही विधान महाधिवेशनको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
