एमाले जनसंगठन संयन्त्रको बैठक सुरु

काठमाडौं ! नेकपा (एमाले) जनसंगठन संयन्त्रको बैठक सुरू भएको छ। बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा सुरू भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले सम्बोधन गर्ने कार्यसूची छ।

बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा छन्।

पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिने कायूसी छ।

नयाँ नेतृत्वलाई संगठन विस्तार, पार्टी र सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पुर्‍याउने, मिसन २०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यन्वयन आदिका बारेमा प्रधानमन्त्रीले बताउने ढकालले जानकारी दिए।

यसैगरी पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी र जनसंगठनबीचको समन्वयमा देखिएका अफठ्याराहरूलाई  सहजीकरण गर्नेबारे बताउनेछन्।

बैठककमा हरेक जनसंगठनका अध्यक्षले महाधिवेशनपछि हालसम्मको  अवस्थाका बारेमा रिर्पोटिङ गर्ने कार्यसूची छ।