कैलाली स्थित गोदावरी नगरपालिका – ४ को एमाले पार्टी कार्यालय उद्घाटन

कैलाली ! नेकपा (एमाले) गोदावरी नगरपालिका वडा न. ४ वडा कमिटी पार्टी कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा गोदावरी नगर प्रमुख हरि सिङ साउद र एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्टद्वारा संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको छ।

वडा न. ४ का एमाले अध्यक्ष रबिन्द्र रोका मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रमुख अतिथिमा नगर प्रमुख हरि सिङ साउद तथा विशिष्ट अथितिमा एमाले नगर अध्यक्ष गोकर्ण भट्ट रहनु भएको थियो। यस्तै अतिथिहरुमा प्रदेश कमिटिका सदस्यहरु मदन शर्मा ,राम थापा, चक्र बोहरा लगायत जिल्ला कमिटिका सदस्यहरु,नगर पधाधिकारि तथा सदस्यहरु, वडा न. ६ अध्यक्ष सन्तोष सिंह , राष्ट्रिय युवासंघ नेपालका उपसचिव नवराज आचार्य लगायतको सहभागिता रहेको थियो।                                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *