ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमै

काठमाडौं ! ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किनुभएको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उहाँ एमालेमा फर्कन राजी हुनु भएको हो। एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी उहाँलाई पार्टीकै महत्त्वपूर्ण जिम्मेवारी दिँदैछौँ ।’

गत निर्वाचनमा प्रदेश सांसदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामा उहाँले टिकट नपाउँदा असन्तुष्ट बन्नुभएको थियो । तत्कालीन समयमा  माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उहाँले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । काँग्रेसको जिल्ला अधिवेशनमा उहाँ आन्तरिक प्रतिस्पर्धा प्राथमिकतामा नपर्दा निराश हुनुभयो। केही समयअघि उहाँले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गर्नुभएको थियो। बालकोटमा शुक्रवार राति अबेरसम्म भएको छलफलमा संघीय सांसद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *