काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज संसदीय दलको बैठक बस्दै छ।
दिउँसो १ बजेबाट बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि र बजेटमाथिको संसद्मा हुने छलफलबारे नेताहरूले ब्रिफिङ गर्ने बताइएको छ ।