एमालेको सचिवालय बैठक शनिबार बस्दै

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाले शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार शुक्रबारबाट सुरु हुने संसदको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा बैठक केन्द्रित हुने बताए।