एमालेको सचिवालय बैठक बस्दै

काठमाडौ ! प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गर्नु भएको छ ।

बैठक सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले समसामयिक विषयमा छलफल हुने बताउनु भयो ।