काठमाडौं ! नेकपा एमालेले धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गर्ने भएको छ। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते धनगढीमा बृहत विशेष सभा आयोजना गर्ने जनाएको छ।
नेकपा एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले विशेष सभा आयोजना हुने र त्यसको तयारी तीब्र पारिएको जानकारी दिए।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको हो।
नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा कैलालीमा सभा आयोजना गर्न लागिएको पार्टीका प्रदेश सचिव चन्दको भनाई छ।
उनले भने , ‘एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानको भागका रुपमा यो सभा आयोजना हुँदैछ।’ धनगढीको पार्कमोडमा आयोजना हुने सभालाई एमाले शीर्ष नेताले संविधान गर्ने कार्यक्रम तय भएको छ।
पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ। सभामा हजारौं मान्छे उतार्ने तयारी छ।