खोटाङमा एमाले प्रवेसको लहर : गाउँपालिका सभापती सहित एउटै गाउँबाट प्रवेस गरे १६८ जना

काठमाडौ ! नेकपा एमालेमा विभिन्न पार्टिहरु परित्याग गरि प्रवेस गर्नेहरुको संख्या देशभरी बढिरहेको छ।यसैअनुरुप हिजो भदौ ४ गते नेपाली काङ्ग्रेस,माओबादी लगायत विभिन्न पार्टिहरु परित्याग गरि एउटै गाउँका १६८ जना नेकपा एमालेमा प्रवेस गरेका छन।

नेकपा एमालेमा प्रवेस गर्नेहरुमा गाउपालिकाका सभापति , वडाध्यक्षका उम्मेदवार , पालिकका उपसभापति , पार्टी कमिटीका दुइजना सचिव ,वडास्तरीय कमिटीका सचिव लगायत कार्यकर्ताहरु रहेका छन।उहाहरुलाई नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा खोटाङबाट प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले स्वागत एवम पार्टी प्रवेस गराउनु भएको थियो।

नेकपा एमालेबाट हिजो मात्र माधव कुमार नेपाल सहित केही व्यक्तिहरु पार्टिबाट अलग भएपनी एमालाई त्यो परिघटनाले कुनै असर नपारेको यसबाट प्रस्ट हुन्छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *