एमालेबाट माधव नेपाल बाहिरिएसगै सुदुरपश्चिममा एमालेका क्रियाकलाप हुनथाले सक्रिय

 

काठमाडौ ! नेकपा एमालेको आन्तरिक किचलो लगभग समाप्त भएको छ। सस्थापन पक्ष विरुद्ध अनेक किसिमका मागहरु तेर्स्याएर पार्टिका गतिविधीहरु ठप्प पारेको माधव नेपाल पक्ष अन्ततः आफ्ना सानो समूह लिएर एमालेबाट बाहिरिएर नया पार्टी गठन गरेको छ ।पार्टिमा मिल्नुभन्दा एकपछी अर्को अड्चन थुपरेर पार्टिलाई नै विघटन गराउन उद्दत त्यो पक्ष बाहिरिए सगै देशभरी नेकपा एमालेका गतिविधीहरु फेरि सक्रिय बनेका छन।

त्यसैक्रममा सभ्यखबर डट कमलाइ प्राप्त रिपोर्ट अनुसार नेकपा एमालेको सुदुरपश्चिम कमिटी सक्रिय बनेको छ । माधव नेपालसग नया पार्टिमा खासै कोहि नगएकोपनी त्यस क्षेत्रका नेताहरुले पुष्टि गर्नुभएको छ । नेकपा एमालेका अधिकाङ्स नेता कार्यकर्ता एउटा ईतिहास बोकेको गौरवशाली पार्टिमा रहेर क्रियाकलाप गर्ने,संघर्ष गर्नेपक्षमा छन।

सरसर्ती हेर्दा माधव नेपाल एमालेबाट बाहिरिदापनी सुदुरपश्चिममा एमालेलाइ केही फरक नपर्ने नेताहरुले बताउनु भएको छ।यो समय नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज लेखराज भट्ट,पोलिटव्युरो सदस्य एवम प्रदेश अध्यक्ष कर्ण थापा, केन्द्रिय सदस्य एवम प्रदेश सह-इन्चार्ज/कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना,केन्द्रिय सदस्य एवम कैलाली जिल्ला सह-इन्चार्ज लिला भण्डारी भुगोलमै हुनुहुन्छ। पार्टी गतिविधीमा र कमिटिहरुलाइ चलायमान बनाउन सक्रिय उहाहरु प्रदेशभरी नै पार्टिका गतिविधिहरु गराइरहनु भएको छ।

यसै अनुरुप नेकपा एमाले जिल्ला कमिटी कैलालीको बैठक दुई दिन अघि बसि पार्टिका गतिविधिलाइ सक्रियता प्रदान गर्ने निर्णय गर्यो र कमिटिमा केही सक्रिय स्थानिय नेताहरुलाई जिल्ला कमिटिमा मनोनित गर्यो,त्यसैगरी आज
नेकपा(एमाले ) धनगढी उपमहानगरपालिका वडा नं १९ को वडा भेला सुदुरपश्चिम सह-ईन्चार्ज तथा जिल्ला ईन्चार्ज नारदमुनी रानाको प्रमुख आतिथ्यता तथा जिल्ला सह ईन्चार्ज लिला भण्डारीको विशिष्ट आतिथ्यता, पार्टी जिल्ला उप -सचिव नेपालु चौधरी ,जिल्ला सदस्यहरु भुवन रिजाल ,तिलुराम चौधरी र चुडामणी भट्ट आदिको उपस्थितमा राम बहादुर चौधरीको अध्यक्षतामा वडा नं १९ को वडा अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।यससगै कैलालीमा सबै स्थानिय तहहरुमा पार्टी सदस्यता नविकरण सकेर अधिवेसनको काममा पार्टी सक्रिय बनेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *